8
Share
काठमाडौँ । सरकारले आइतबार भारतबाट कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याएको छ ।
आइतबार दिउसो एयर इन्डियाबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप ल्याएको छ ।
सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आइतबार नेपाल आइपुगेको छ ।
खोप त्रिभूवन विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने छ । खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार नैविज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रालयका अनुसार सम्झौता बमोजिमको बाँकी खोप पनि छिट्टै आउने छ।