वि.सं २०७७ फागुन २१ शुक्रबार फोरेक्स युनिकोडमौसम

तपाईंको आज : फागुन १० गते सोमबार विशेष राशिफल

तपाईंको आज : फागुन १० गते सोमबार विशेष राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज धर्म, कर्म तथा समाजसेवाट सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । माइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन पनि लाग्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यात्रा गर्दा सचेत हुनुपर्नेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका होला, तर साँझमा आर्थिक लाभ मिल्नसक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनसक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।

कोरोना महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट

न्युजिल्याण्डमा शक्तिशाली भुकम्पपछि सुनामी आउने चेतावनी

पहाडी र हिमाली  भू-भागमा वर्षा र हिमपात हुने

विप्लव नेत्री पार्वती विक नेकपामा प्रवेश

'हामी आफ्नै नेतृत्वमा सरकारमा जान्छौ, मुलुकलाई निकास दिन्छाै‌'

 बिप्लवलाई 'गद्धार' भन्दै पार्टीभित्रै बिद्रोह