वि.सं २०७७ फागुन २५ मङ्गलबार फोरेक्स युनिकोडमौसम

ईयूका विदेशमन्त्रीहरु छलफलमा, रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने सम्भावना

ईयूका विदेशमन्त्रीहरु छलफलमा, रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने सम्भावना

एजेन्सी । यूरोपियन युनियनका विदेशमन्त्रीहरु रुससँगको तनावपूर्ण सम्बन्धका बारेमा सोमबार ब्रेसेल्समा बैठक बसिरहेका छन् । यस बैठकबाट रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने सम्भावना देखिएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ईयुले नयाँ प्रतिबन्ध लगाउने चेतावनी दिँदै लगातार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको रिहाईको माग गर्दै आइरहेको छ ।

‘यो स्पष्ट छ कि रुस यूरोपियन युनियनसँग आमुने–सामुनेको अवस्थामा छ,’ सोमबार समूहका प्रमुख जोसेफ बोरेलले भने, ‘नाभाल्नीको मुद्दामा उनीहरुको व्यवस्थाहरुको सम्मान गर्नबाट अस्विकार गरिएको छ, जसमा यूरोपेली मानवाधिकारहरुको फैसलालाई ध्यानमा नराखेको पनि सहभागी छ ।’

रुसले पनि ईयूको प्रतिउत्तरमा यदि नयाँ प्रतिबन्धहरु लगाइए भने यूरोपियन युनियनसँग सम्बन्ध खराब बनाउन तयार रहेको बताएको छ । रुसका विदेशमन्त्री सर्जे लरोभले पनि सोमबार रुस ‘सम्बन्धहरुलाइई बहाल गर्न’का लागि तयार रहेको बताएका छन् ।

त्यसैगरी, यस बैठकमा ईयूका विदेशमन्त्रीहरु म्यानमार, इथियोपियाका साथसाथै इरान परमाणु सम्झौता र बेलारुसमा विपक्षीको शक्तिमाथि कारबाहीलाई लिएर पनि चर्चा गर्ने बताइएको छ ।

अधिनायक लाद्ने गुरुयोजना असफल: ऋषि कट्टेल

माओवादी केन्द्रको निर्णय : २९ फागुनमा केन्द्रीय कमिटी र १ चैतमा राष्ट्रिय कार्यकर्ता भेला

कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादी केन्द्रको निर्णय

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

ताप्लेजुङ्गका आगलागी पीडितलाई नेपाल बैंक लिमिटेडको सहयोग

निर्वाचन आयोगको निर्णय : एमाले– माओवादी छुट्टाछुट्टै दर्ता, एकता गर्न १५ दिने म्याद