वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

शाइन रेसुंगा बैंक १३ औं वर्षमा प्रवेश

शाइन रेसुंगा बैंक १३ औं वर्षमा प्रवेश

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक मंगलबाट १३ औं वर्षमा प्रवेश गर्दैछ ।
फागुन ११ गते १३ औं वर्ष प्रवेशसँगै बुटवल ११ स्थीत आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी बैंकिङ कार्यालयबाट सेवा शुभारम्भ गर्ने तयारी गरेको छ ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले १२ बर्षअघि छ करोड पु्ंजीबाट सुरु गरिएको बैंकको चुक्ता पुंँजी तीन अर्व ४० करोड र जगेडा कोष ७२ करोड गरी कुल पुँजीकोष चार अर्व १२ करोड पुगेको जानकारी दिए ।

बैंकमा हाल ३३ अर्व १२ करोड निक्षेप रहेको र ३० अर्व ५० करोड कर्जा प्रवाह गरिएको तथा चार लाख २३ हजार ग्राहक रहेको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष पौडेलका अनुसार बैंकको काठमाडौंमा तीनवटा सहित देशभर ७८ वटा शाखा कार्यालय र तीन वटा एक्स्टेन्सन काउण्टर रहेका छन ।

प्रदेशको अग्रणी बैंकका रुपमा शाइन रेसुंगा बैंक स्थापित भएको भन्दै समुदायले खोजे जस्तो बैंकको रुपमा अगाडि बढाउने बैंकका सञ्चालकहरुको दावी छ ।

१२ बर्ष अघि स्थापना भएको बैंकले समुदायको भावना र चाहना अनुसार अगाडि बढाउदै आएको बताएको छ ।

कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

फागुन २१ र २२ गते शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने