वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

हामी म्यानमारका नागरिकको साथमा छौँ : अमेरिकी विदेशमन्त्री ब्लिंकेन

हामी म्यानमारका नागरिकको साथमा छौँ : अमेरिकी विदेशमन्त्री ब्लिंकेन

एजेन्सी । सैनिक ‘कू’ विरुद्धको अभियानमा म्यानमारको जनताको साथमा रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बताएका छन् ।

ब्लिंकेनले एक ट्विट गर्दै भनेका छन्, ‘म्यानमारका जनताको विरुद्धमा हिंसा फैलाउनेहरुका विरुद्ध अमेरिकाले कडा कारबाही गर्न जारी राख्ने छ किनकी उनीहरुले लोकतान्त्रिकरुपमा निर्वाचित सरकारको पुनःस्थापनाको माग गरिरहेका छन् । हामी म्यानमारको साथमा उभिरहेका छौँ ।’

म्यानमारमा प्रदर्शनका क्रममा प्रहरी दमनमा परी दुई प्रजातन्त्र समर्थक प्रदर्शनकारीको मृ्त्य र म्यानमारका कार्यवाहक राष्ट्रपतिलाई प्रतिबन्ध लगाएको १० दिनपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो ।

म्यानमारमा सैनिक ‘कू’ का विरुद्ध दिन प्रतिदिन विरोध प्रदर्शन बढ्दै गइरहेको छ । हजारौँ प्रदर्शनकारीहरु म्यानमारका विभिन्न सहरका सडकमा उत्रिएका छन् ।

विरोध प्रदर्शनमा हालसम्म प्रहरीको गोलीबाट २ व्यक्तिको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

मोडल : मालिका महत

कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै