3
Share
एजेन्सी । भारतको लोकसभा सदस्य मृत फेला परेका छन् । लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटलमा मृत फेला परेका हुन् । ५८ वर्षीय डेलकर सन् २०१९ मा केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए ।
उनको शव होटल सी ग्रीनमा फेला परेको थियो । प्रहरीले उनी बसेको कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट पनि भेटेको छ ।