वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

मंगलवार सुनको मूल्य १ हजार १०० ले बढ्यो

मंगलवार सुनको मूल्य १ हजार १०० ले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ ।
स्थानिय बजारमा मंगलवार सुनको मूल्य १ हजार १०० ले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला १ हजार १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो ।

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

फागुन २१ र २२ गते शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

आज स्वस्थानी व्रत समापन गरिँदै