वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

‘बी’ डिभिजन लिग फुटबल आजदेखि शुरु

‘बी’  डिभिजन लिग फुटबल आजदेखि शुरु

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ ।

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

फागुन २१ र २२ गते शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

आज स्वस्थानी व्रत समापन गरिँदै