वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

बैतडीमा चौथो संस्करणको मेयर र उपमेयर कप क्रिकेट हुँदै

बैतडीमा चौथो संस्करणको मेयर र उपमेयर कप क्रिकेट हुँदै

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उपमेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । मेयर कप क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ । प्रतियोगिताका सम्पूर्ण खेल सुन्दरखाली खेल मैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।

मेयर कप क्रिकेटको प्रथम पुरस्कार रु ७५ हजार र द्वितीय रु ५० हजार रहेको छ । उपमेयर क्रिकेटको विजेता टोलीले रु ४५ हजार र उपविजेताले रु ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिले जनाएको छ ।

क्रिकेट विकासका लागि दशरथचन्द नगरपालिकाले क्रिकेट प्रतियोगितालाई नगरपालिकाको कार्यक्रममै समावेश गरेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । प्रतियोगिताले महिला तथा पुरुष खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए ।

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

फागुन २१ र २२ गते शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

आज स्वस्थानी व्रत समापन गरिँदै