
काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एक घण्टा छलफल भएको छ ।
बालुवाटारमा सुरक्षा परिषद्को बैठक सकिएपछि ओली र थापाबीच एक घण्टा छलफल भएको हो । मंगलबार बिहान बसेको सुरक्षा परिषद् बैठक सकेर १०ः४५ मा सवै सदस्यहरु बालुवाटारबाट बाहिरिएका थिए, तर प्रधानसेनापति थापा भने ११ बजेर ५० मिनेटमा बालुवाटारबाट बाहिरिएका थिए ।
त्यसअघि बसेको सुरक्षा परिषद् बैठकमा बिप्लव समूहमाथिको प्रतिवन्ध र संकटकालको बिषयमा छलफल भएको उच्च स्रोतले जनायो । सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।
राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।
यो पनि……
संसद विघटन मुद्दाः सेना देखाएर न्यायालय धम्काउँदै प्रधानमन्त्री