वि.सं २०७७ फागुन २५ मङ्गलबार फोरेक्स युनिकोडमौसम

गलकोटका तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा

गलकोटका तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा

बलेवा । बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो ।

वन पैदावार र बस्तीसमेत जोखिममा परेपछि सामुदायिक वनका उपभोक्ताहरू रातभर आगो नियन्त्रणका लागि खटिएको ठूलाचौर महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुमकुमारी थापाले जानकारी दिए ।

आगलागीका कारण गलकोट नगरपालिका–५ को दानसिङडाँडा सामुदायिक वन, गगनपानी सामुदायिक वन र वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा करोडौँ रुपैयाँको क्षति भएको उहाँले बताए । भैंसे दानसिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो गगनपानी सामुदायिक वन हुँदै छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो ।

राति स्थानीयवासीले अग्नि रेखा निर्माण गरी बिहान आगो नियन्त्रण गरिएको गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिनुभयो । ठूलाचौर सामुदायिक वनको मल्म खोलापारिदेखि मान्दारादानसिङ जोड्ने गोरेटो बाटो सफा गरी स्थानीयवासीले अग्नि रेखा निर्माण गरेका थिए । करीब २०० मानिसले लाइनमा बसी स्याउला, बाल्टीमा पानी बोकेर आगो निभाउन सफल भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले बताए । मोबाइल र टर्च लाइटको सहारामा आगो निभाउन सफल भएको समाजसेवी बाबुराम थापाले बताए ।

जङ्गल नजीकै रहेको बस्ती खोलापारि, साहानीडाँडा, नरौदी र मान्दारा आगोको उच्च जोखिममा रहेका थिए । आगो झण्डै १७/१८ घण्टापछि नियन्त्रमा आएको हो । आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफल, गगनपानी सामुदायिक वनको पाँच हेक्टर र ठूलाचौर सामुदायिक वनको ८० हेक्टर जङ्गल जलेको छ । वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी र रूखबिरुवा जलेर नष्ट भएका छन् ।

आगलागीले तीनवटा सामुदायिक वनमा करोडौँ मूल्यको क्षति भएको छ । आगो निभाउन इलाका प्रहरी कार्यालय गलकोट, गलकोट नगरपालिका–५ हरिचौर, टेउवा, दानसिङडाँडा, मान्दारा, सर्दाखेतका स्थानीयवासी रातभर खटिएका थिए ।

एमालेमा ओली र नेपालको शक्ति ‘बराबर’ (नामावलीसहित)

83 per cent population has internet access in Nepal

कक्षा १२ को परिक्षा जेठ २६ देखि

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु, बादल लगायत गएनन्

चीनको ‘सिनोभ्याक’ कोरोना खोप चिली पुग्यो

फिल्म ‘तिमीसँगै हुने मन छ’मा नाजिर हुसेन अनुबन्धित