वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

पाल्पामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा १० जना पुरुष तथा ३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये अधिकांश तानसेन नगरपालिका भित्रका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

हालसम्म पाल्पामा १ हजार ९ सय ४९ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले बताए ।

संक्रमित मध्ये ३५ जनाको उपचारका क्रममा मृत्यु भएको र हाल जिल्लामा १३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

गीतकार डि.पी खनालको शब्द रचनामा गीत ‘जति हिडे पनि’ सार्वजनिक

‘फुलबुट्टे सारी सपक्क पारी’ मोडल : मालिका महत

कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै