
काठमाडौं ।नेकपा अध्यक्ष पुष्पकमल दाहादा प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मुद्दा हारिसकेको बताएका छन् ।
विद्यार्थी नेता तिकल भण्डारीद्वारा लिखित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तकको विमोचनमा उनले अदालतप्रति विश्वास रहेको र जनताको पक्षमा फैसला आउने बताए । ‘अदालतले सही फैसला गर्छ भन्ने विश्वास छ,’ प्रचण्डले भने ‘केपी ओलीले मुद्दा हारिसके । हामीले जितिसक्यौ । तर यसको औपचारीक रुपमा घोषणा हुन मात्रै बाँकी छ ।’
यस्तै अध्यक्ष प्रचण्डले पार्टी एकता ठूलो बलिदानकाबीच भएको तर ओली स्वयं एकता तोड्न उद्दत रहेको बताए । ‘हामी पार्टी एकताको र रक्षाको पक्षमा छौ । एकताको झण्डा उठाएका छौ’, उनले भने,‘ओलीले पार्टी विभाजन र विघटनको बाटो समातेका छन् ।’
कम्युनिस्ट पार्टी स्थापनादेखि नै सामान्तवादविरुद्ध लडेको बताए । फरक प्रशंगमा प्रचण्डले भने,‘हामी जितेर यहाँ आएका होइनौ, सम्झौता गरे आएका हौँ । सम्झौता गरेको अर्को पक्षले अहिले पनि त्यो सम्झौता स्वीकार्न सकेको छैन । उसले यसबाट प्राप्त उपलब्धिका विरुद्ध लागिरहेको छ ।’
चुनवाङ बैठकबाट माओवादी शान्तिपूर्ण राजनीतिमा आएको बताए । उनले भने ‘हामी चुनवाङ बैठक पछि शान्तिपूर्ण राजनीतिमा आउन तयार भएका हौ । त्यसपछि तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाल र कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेको थिए । त्यहिबाट १२ बुँदेको वातावरण बनेको हो । १२ बँुदेबाट हामी शान्तिपूर्ण राजनीतिमा आएका हौ ।’
अहिलेपनि एक पक्ष जनयुद्धमा भएको त्याग तपस्या बलिदानीलाई महत्व दिन नचाहेको भन्दै दुखेसो गरे ।
ओलीले ७० बर्ष लामो संघर्षले ल्याएको परिवर्तनलाई अपहरण गर्न खोजेको बताए । उनले भने,‘अर्को पक्ष परिवर्तनको अपहरण गर्न खोज्दै छ । उससँग हतियार छ । हामी रक्तपातबिहिन युद्धमा छाँै । यो युद्ध ७० बर्षको उपलब्धीको रक्षाकोलागि हो । ब्याटल हामीले जित्नु पर्छ ।’