वि.सं २०७७ फागुन २५ मङ्गलबार फोरेक्स युनिकोडमौसम

अफगानिस्तानमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु

अफगानिस्तानमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु

काबुल । अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ ।

भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान सुरु भएको हो । अफगान सरकारका अनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने छ ।

राष्ट्रपति अश्रफ घानीले खोप अभियान शुरु गर्दै पहिलो चरणको खोप अभियान शुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए ।

अफगानिस्तानमा करिब ५५ हजार ६०० व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४३० जनाको मृत्यु भएको थियो ।

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

ताप्लेजुङ्गका आगलागी पीडितलाई नेपाल बैंक लिमिटेडको सहयोग

निर्वाचन आयोगको निर्णय : एमाले– माओवादी छुट्टाछुट्टै दर्ता, एकता गर्न १५ दिने म्याद

एमालेमा ओली र नेपालको शक्ति ‘बराबर’ (नामावलीसहित)

83 per cent population has internet access in Nepal

कक्षा १२ को परिक्षा जेठ २६ देखि