• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

‘हटलाइनमा उर्जामन्त्री’ कार्यक्रम आजका लागि स्थगित 

काठमाडौं । जनताको गुनासो सुनेर तत्काल सम्बोधन गर्ने उद्धेश्यले उर्जामन्त्री वर्षमान पुनले हरेक शुक्रबार अपरान्ह १२ बजेदेखि १ बजेसम्म संचालन गर्दै आएको हटलाइनमा उर्जामन्त्री कार्यक्रम आज नहुने भएको छ ।

मन्त्री पुनको कार्यव्यस्तताका कारण कार्यक्रम आजका लागि स्थगित गरिएको पुनको सचिवालयले जनाएको छ ।  हरेक शुक्रबार गरिँदै आएको कार्यक्रममा सर्वसाधारण नागरिकले प्रत्यक्ष टेलिफोन सम्पर्क गरी आफ्ना गुनासो मन्त्री समक्ष राख्ने गरेका छन् ।

नागरिकका गुनासोबारे मन्त्री पुनले तत्काल सम्बन्धित निकायमा पुर्याउने तथा त्यसबारे जानकारी लिइ गुनासो सम्बोधनका लागि सम्बन्धित व्यक्ति तथा निकायमा निर्देशन दिने हुँदा यो कार्यक्रम सर्वसाधारण माझ पछिल्लो समय लोकप्रिय हुँदै गएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर