• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

चीनले चन्द्रमामा उमारेको कपासका टुसा मरे

एजेन्सी । चीनको अन्तरिक्ष अभियानले चन्द्रमामा उमारेका कपासका टुसाहरू मरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।

अन्तरिक्ष अभियान चांगुअले कपासका बीउहरू टुसाएको भन्दै चीनले मंगलवार तस्बिरहरू सार्वजनिक गरेको थियो । तर, चन्द्रमामा रात परेपछि ती साना बिरुवाहरू मरेको बताइएको छ।

चन्द्रमामा गरिएको जैविक अनुसन्धानको यो उपलब्धि सार्वजनिक गर्दा ती टुसाहरू मरेको जानकारी भने उसले दिएको थिएन ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो । तर चन्द्रमामा बिरुवा उमारिएको भने यो पहिलो पटक थियो । 

विशेष किसिमको भाँडोभित्र उमारिएको भए पनि राति बिरुवाहरूले घटेको तापक्रम खप्न नसकेर मरेको सो अभियानका एक वैज्ञानिकले चिनियाँ सञ्चारमाध्यमलाई बताएका छन् ।

माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म तलमाथि भइरहने चन्द्रमाको सतहको तापक्रम बिरुवा हुर्कनलाई उपयुक्त हुने अवस्थामा बनाउन सबैभन्दा ठूलो चुनौती मानिएको छ ।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारमा चन्द्रमामा बीउ उमार्ने प्रयोगको नेतृत्व गर्ने एक प्राध्यापकलाई उद्धृत गर्दै तोरी र आलुका बीउहरू पनि उमारिएको उल्लेख गरिएको छ ।

यो प्रयोगलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ । सिन्हुवा

 

चीनले चन्द्रमामा आलु फलाउँदै, कपासको बिरुवामा कोपिला लाग्यो

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर