अपर तामाकोशीमा लगानीकर्ताको ओइरो, कारोबार खुलेको ५ मिनेटमै सर्किट

काठमाडौं । अपर तामाकोशी हाइड्रो पावरको सेयरमा लगानीकर्ताको निकै आकर्षण देखिएको छ ।दोस्रो बजारमा कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताको चाप पर्दा  आज आइतबार बजार खुलेको ५ मिनेटमा नै सर्किट ब्रेक लागेको छ । 
 
आइतबार तामाकोशीको सेयर भाउ ९ दशमलव ९७ प्रतिशतले बढेर ३ सय ४२ पुगेको छ । गत बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ३११ मा कारोबार बन्द भएको थियो । 

नेपाल स्टक एक्सचेञ्जमा पुस २९ गते आइतबारदेखि  माथिल्लो तामाकोशीको सेयर कारोबार खुलेको थियो । कारोबार खुलेको दिनमा नै उच्च रेञ्जमा कारोबार भएको कम्पनीको सेयर भाउ सोमबार १० प्रतिशतभन्दा बढी ५० प्रतिशत ले मूल्य वृद्धि हुँदा कारोबार रद्ध भएको थियो । त्यसयता कम्पनीको सेयर भाउ औसतमा १० प्रतिशतले बढेको छ । 

आजको पहिलो केही मिनेटको कारोबारमा नै सेयर मुल्य १० प्रतिशतले बढेपछि माथिल्लो तामाकोशी उच्च पूँजीकरण हुने १० कम्पनीभित्र समेटिएको छ । 

छुटाउनु भयो कि

एकैदिन ५० प्रतिशतले बढ्यो तामाकोशीको सेयर मुल्य, रोकियो सेयर किनबेच

तामाकोशीमा लगानीकर्ताको क्रेज, झिनो अङ्कले घट्यो नेप्से सुचक

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर