• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

विश्वकै नमिठो स्वाद भएको फलको मूल्य ५६ हजार !

एजेन्सी । ‘विश्वभर ‘ड्युरियन’ नामले चर्चित एक फल(रुख कटहर जस्तै) इन्डोनेसियामा ५ सय डलर अर्थात् ५६ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । सुन्दा अचम्म लाग्न सक्छ, यसको बिशेषता भनेको विश्वको सबैभन्दा नमिठो बास्ना र स्वाद हुनु हो । 

यो फललाई पसलमा राख्दा सिसाको बाकसभित्र स्याटनको कपडामा राख्ने गरिन्छ, जसले गर्दा यसो गन्ध फैलदैन । यो फललाई दक्षिण एसियामा ‘किंग अफ फ्रुट्स’ अर्थात् फलहरुको राजा भनेर चिनिन्छ । यस फलको क्रेज यति छ कि मानिसहरु सेल्फि लिन्छन् । यो फल खानेको अनुभव अनुसार, यसको स्वाद फोहोर नाली वा मोजाको गन्द जस्तो हुने बताउँछन् । 

मानिसहरु यस फलको भित्री नरम घिउ जस्तो भागलाई निक्कै मन पराउँछन् । इन्स्टाग्राममा यो फल निक्कै चर्चित बनेको छ । मानिसहरु यसको आकार र नमिठो बास्नालाई लिएर कुरा गर्छन् र केहीले त ७० हजार रुपैयाँ मूल्य पर्ने समानसँग तुलना गर्छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर