आफूलाई जन्म दिएकोमा बुबा–आमाविरुद्ध मुद्दा हाल्न खोज्ने यी युवक को हुन् ?
एजेन्सी । भारतका एक २७ वर्षीय युवकले आफ्नो मञ्जुरी बिनै जन्म दिएकोमा बुबा–आमाविरुद्ध नै मुद्दा चलाउने तयारीमा छन् । मुम्बईका व्यावसायी राफाइल सेम्युलले ल्याउनु मानिसलाई आजिवन पीडित हुने भएकाले बच्चालाई यस संसारमा ल्याउनु नहुने बताएका छन् ।
जन्मनुभन्दा पहिले हामीलाई हाम्रो अनुमती लिन मिल्दैन भन्ने सेम्युललाई थाहा छ, तर जन्मनु हाम्रो इच्छा नभएको उनको तर्क छ ।
यस प्रकारको मागले जुनसुकै परिवारभित्र द्धन्द्ध उत्पन्न हुनसक्छ, तर सेम्युल उनी आफ्नो आमा–बुबा (दुवै वकिल)सँग राम्रो व्यवहार गर्ने बिबीसीलाई बताएका छन् ।
सेम्युलको यस विचार ‘एन्टी–नटालिज्म’ अर्थात् जन्म विरोधी विचारसँग सम्बन्धित रहेको भनिएको छ, यो एक यस्तो दर्शन हो, जसले जीवनलाई दुखले भरिएको दृष्टिकोणबाट हेर्छ र मानिसहरुले जन्म दिने काम तत्काल बन्द गर्नुपर्छ भन्छ ।
प्रतिकृया दिनुहोस