• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 07:58 pm

जापानमा आठौँ बक्तृत्वकला प्रतियोगीताको तयारी सुरु

टाेकियाे । नेपाल जापान अध्ययन केन्द्र (नेपाकेन)ले जापानमा रहेका नेपाली विद्यार्थीहरुबीच आठौँ बक्तृत्वकला प्रतियोगीताको आयोजना गर्ने भएको छ । नेपाकेनले जापानमा रहेका नेपाली विद्यार्थीहरुबीच जापानी भाषामा नै बक्तृत्वकलाको आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा नेपाल–जापान सम्बन्ध, नेपालको भौगोलिक विविधता, पर्यटन, जापान र जापानी , जापान बिद्यार्थीको जिवन र अनुभव भाषा लगाएतका बिषयमा जापानी भाषामा बिचार राख्नेछन् ।

प्रतियोगीतामा आवेदन दिएका मध्ये  छनोटमा परेका १४ जना बिद्यार्थीले मात्र टोकियोको रिस्योउ विश्वविद्यालय सभाहलमा हुने प्रतिस्प्रर्धामा बोल्ने मौका पाउनेछन् । प्रतियोगीता मार्च १७ तारिकका दिन हुने आयोजकले जनाएको छ । नेपाकेनले जापानमा, विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको जापानी भाषामा दक्षता अभिवृद्धि, प्रस्तुतीको अवसर र पहिचान गराउने उदेश्यले हरेक वर्ष बक्तृत्वकला प्रतियोगीता आयोजना गर्दे आएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५०, ३० र २० हजार येन पुरस्कार पाउने बताइएको छ । त्यस्तै दर्शकको रोजाइमा पर्ने अडियन्स पुरस्कार १० हजार येन रहने आयोजकले जानकारी गराएको छ । प्रतियोगीलाई हौसला दिन सहभागीताका लागी जापानका नेपालीलाई समेत अनुरोध गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिका भ्रमणमा रहेका प्रचण्डको राजदूतावासमा स्वागत 

  • ६ चैत, २०७५

काठमाडौ । अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकास्थित नेपाली राजदूतावासमा स्वागत

एनआरएनए पोर्चुगलको क्षेत्रीय समन्वय परिषद अल्गार्भको अध्यक्षमा अनिल शर्मा विजयी

  • ४ चैत, २०७५

समिर सुवेदी/लिस्वोन । हालै सम्पन्न गैर–आवासीय नेपाली संघ पोर्चुगलको क्षेत्रीय समन्वय परिषद ‘अल्गार्भ’को निर्वाचन आइतबार सम्पन्न भएको छ ।

जापानी भाषाको बक्तृत्वकलामा  शुशिल पाैडेल प्रथम

  • ४ चैत, २०७५

जापान । टोकियोको रिस्यो विश्वविधालयको हलमा आईतबार बोल्ने नेपाली विधार्थीलहरु कसैले  नेपालको भुकम्प संझाए,कसैले जापानीको माया कसैले तकसैले परिवार