जापानमा आठौँ बक्तृत्वकला प्रतियोगीताको तयारी सुरु
टाेकियाे । नेपाल जापान अध्ययन केन्द्र (नेपाकेन)ले जापानमा रहेका नेपाली विद्यार्थीहरुबीच आठौँ बक्तृत्वकला प्रतियोगीताको आयोजना गर्ने भएको छ । नेपाकेनले जापानमा रहेका नेपाली विद्यार्थीहरुबीच जापानी भाषामा नै बक्तृत्वकलाको आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा नेपाल–जापान सम्बन्ध, नेपालको भौगोलिक विविधता, पर्यटन, जापान र जापानी , जापान बिद्यार्थीको जिवन र अनुभव भाषा लगाएतका बिषयमा जापानी भाषामा बिचार राख्नेछन् ।
प्रतियोगीतामा आवेदन दिएका मध्ये छनोटमा परेका १४ जना बिद्यार्थीले मात्र टोकियोको रिस्योउ विश्वविद्यालय सभाहलमा हुने प्रतिस्प्रर्धामा बोल्ने मौका पाउनेछन् । प्रतियोगीता मार्च १७ तारिकका दिन हुने आयोजकले जनाएको छ । नेपाकेनले जापानमा, विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको जापानी भाषामा दक्षता अभिवृद्धि, प्रस्तुतीको अवसर र पहिचान गराउने उदेश्यले हरेक वर्ष बक्तृत्वकला प्रतियोगीता आयोजना गर्दे आएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५०, ३० र २० हजार येन पुरस्कार पाउने बताइएको छ । त्यस्तै दर्शकको रोजाइमा पर्ने अडियन्स पुरस्कार १० हजार येन रहने आयोजकले जानकारी गराएको छ । प्रतियोगीलाई हौसला दिन सहभागीताका लागी जापानका नेपालीलाई समेत अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस