• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, मेसीको उत्कृष्ट प्रदर्शन

कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शनका कारण बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगमा मेसीले दुई गोल र दुई एसिस्ट गरेपछि बार्सिलोनाले लियोनलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान बनायो । पहिलो लेग गोल रहित बराबरी भएको खेलको दोस्रो लेगमा घरेलु मैदानमा ५–१ को जित दर्ता गर्यो ।

खेलको १६ औं मिनेटमा बार्सिलोनाले पेनाल्टीमा पाएको थियो । लुइस स्वारेजलाई जेसन डेनाएरले पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीलाई मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा स्वारेजको पासमा फिलिप कोउटिन्होले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

५८ औं मिनेटमा लियोनका लुकास टुसार्टले भलीमार्फत गोल गर्दै अन्तर कम गरेका थिए । तर ७८ औं मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाइ तीन एकले अगाडी बढाए । लगत्तै मेसीको पासमा नै जेरार्ड पिकेले गोल गर्दै अग्रता फराकिलो बनाए । खेलको अन्तिममा ओस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाइ पाँच एकको जित दिलाए ।
 अब क्वाटरफाइनलको ड्र शुक्रबार हुनेछ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर