कर्णाली सरकार नेकपाकाे नेतृत्वमा, मुख्यमन्त्री शाहीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकार नेपाली कम्युनिष्ट पार्टी नेकपाकाे नेतृत्वमा बनेकाे छ । नेकपाका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनलाई शपथ खुवाएका हुन् ।

जोशीले शाहीलाई मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । शाही नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

यद्यपि, मन्त्रालयको भागबन्डा कुरा नमिलेका कारण आज शाहीले मन्त्री भने नियुक्त गर्न सकेनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर