प्रधानमन्त्रीले गरे मधेसकेन्द्रित दलका नेताहरूसँग छलफल
काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले देशकाे पछिल्लाे अवस्थाबारे मधेसकेन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल गरेका छन्।
प्रधानमन्त्री शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ।
‘प्रधानमन्त्रीज्यूले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरू गर्नुभएको छ,’ सचिवालयले भनेको छ, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ।’
छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउत, जसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम कुमार शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, रास्वपा सांसद अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जनमतका जयकान्त राउत लगायतका नेता सहभागी छन्।






प्रतिकृया दिनुहोस