प्रशासनले कर्फ्यु लगाएपछि मधेशका केहि जिल्ला शान्त देखिए

जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि मधेशका केहि जिल्ला शान्त देखिएको छ ।  

कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि जनकपुरधाम क्षेत्र र सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार पनि कर्फ्यु आदेश जारी छ । कर्फ्यु लागेपछि बजार पसल बन्द छन् भने सडकहरु सुनसान देखिएका छन् । सुरक्षालाई मध्यनजर गर्दै सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

दुई समुदायबिचको तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा बिहीबारदेखि नै  कर्फ्यु आदेश जारी भएको हो । धनुषाका प्रमुख जिल्ला प्रेम प्रसाद लुइँटेलले जिल्लाको सुरक्षा अवस्था अहिले क्रमशः सामान्य बन्दै गइरहेको भन्दै चारैतिर सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

श्रावण १४ गते बिहानदेखि सडक जाम, बजार बन्द, तोडफोड र आगजनीका घटनाहरू सुरु भएपछि स्थानीय प्रशासन ऐनअनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि कफ्र्यु आदेश जारी गरिएको थियो । उनले सामाजिक सञ्जालमा गलत, भ्रामक र अफवाह फैलाउने सूचनाहरू सम्प्रेषण गरेर समाजलाई थप उत्तेजित वा आन्दोलित नबनाउन आम नागरिकलाई अनुरोध समेत गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर