• २०८३ श्रावण २४ आइतबार
  • Sunday, 9 August, 2026

फिफा समर्थन इन्फान्टिनाेलाईनै

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार अध्यक्ष जियानी इन्फान्टिनो प्रति आफ्नो पूर्ण समर्थन दोहराएको छ, तर उसले रद्द भएको आफ्नो योजनाको व्यवस्थापनप्रति भने क्षमा मागेको छ । इन्फान्टिनोले फिफाका वरिष्ठ पदाधिकारीबाट समर्थन प्राप्त गरेको हो ।

फिफाको विश्वकपमा निजी लगानी खुल्ला गर्ने योजनाको व्यापक विरोध भएपछि त्यसलाई फरक तरीकाले अगाडि बढाउने पर्ने पर्ने स्विकारेको छ । त्यस प्रस्ताव विवादमा परेपछि फिफाले मोरक्कोमा संकटकालीन बैठक राखेको थियो ।

त्यस क्रममा फिफाले आफ्नोतर्फबाट भुल भएको पनि मानेको छ । फिफाले त्यस प्रस्ताव फिर्ता लिएपछि अध्यक्ष इन्फान्टिनामाथि राजीनामाको दबाब बढेको थियो । फिफाले आफ्नो प्रस्ताव मिडियामा चुहिएकोमा पनि गल्ती भएको स्विकारेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर