नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण कात्तिकमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्रो संस्करण कार्तिकमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कार्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने भएको हो ।
प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ भने ८ वटै फ्रेन्चाइजले विदेशी खेलाडी अनुबन्ध गर्दैछन् ।
पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।
सुदूरपश्चिम रोयल्स दुवैपटक उपविजेता बनेको थियो।



2026-08-08-06-41-03.jpeg)



प्रतिकृया दिनुहोस