यी ५ स्थानबाट आज ग्यास वितरण, कुन कम्पनीको सिलिन्डर कहाँ पाईन्छ ?
काठमाडौं । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास बिक्रीवितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ।
अत्यावश्यक परेका उपभोक्ताहरूले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सक्नेछन्। ग्यास खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ।
ग्यास बिक्री हुने प्रमुख स्थान र ब्रान्ड
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास उपलब्ध हुनेछ। यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी ग्यास विक्री हुनेछ।
राधास्वामी, कीर्तिपुर परिसरमा नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ। राधास्वामी, बसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट÷सुगम, भानु र ओम ग्यास उपलब्ध हुनेछ।
पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ। निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ।
उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्नपनि निगमले अनुरोध गरेको छ।






प्रतिकृया दिनुहोस