• २०८३ भदौ ३ बुधबार
  • Wednesday, 19 August, 2026

आजको राशिफल : नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नोकरीमा समय खर्चिनेहरूका लागी समय राम्रो रहेको छ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।  इमानदारिता तथा लगानशीलताले लक्ष्य पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभ माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जानेछ । उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन्  । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारोबारमा सुधार भई आम्दानीमा वृद्धि हुनेछ । आमा तथा अग्रजहरूको साथ सहयोगले राम्रा तथा उत्पादनमूलक कामहरू गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । काम वा अध्ययनबाट विश्राम लिँदै यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ ।  
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उद्योग तथा शेयर बजारमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैयाँ पैसाको बचत हुनेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने एनजिओ आईएनजीओ जस्ता संस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोले । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सीमित स्रोत तथा साधनबाट असीमित आवश्यकता पुरा गर्नु पर्दा रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसर वादीहरूले फसाउन सक्छन् । दाजुभाइ तथा आफन्तलाई विश्वास गर्दा धोका पाइनेछ । माया प्रेममा एक अर्का बिच मनमुटाब हुने तथा पति पत्नीबिचको सम्बन्धमा अविश्वास बढ्नेछ । तर पनि अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । व्यापार तथा शेयर बजारमा लगानी गर्ने समय रहेको छ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । माया प्रेममा नजिक हुन सकिने तथा आफन्तबाट सहयोग हुनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । लामो दुरीको यात्राको तय हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । त्यो दिन सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’ 

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू विरोधमा उत्रिए । यसबारे सदनमा आएर स्पष्टीकरण दिनुपर्ने माग उनीहरूले गरे । प्रधानमन्त्रीले भने आफूले बोलेको विषयको विवादमा प्रस्टीकरण दिन परराष्ट्रमन्त्री शिशिर खनाललाई २७ जेठमा प्रतिनिधिसभामा पठाएका थिए । परराष्ट्रमन्त्रीले भनेका थिए, ‘प्रधानमन्त्रीले संसद्मा राखेको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ क्रसबोर्डर अकुपेसनसँग जोडिएको छ । यसमा मूल प्रश्न भनेको सीमा विवाद कसरी निरूपण गर्ने भन्ने नै हो । नेपाल–भारत सीमा द्विपक्षीय विषय हो ।’ 

परराष्ट्रमन्त्रीले दिएको प्रस्टीकरणले पनि विपक्षी दलहरू सन्तुष्ट भएका थिएनन् । उनीहरूले प्रधानमन्त्री आएर नै आफ्नो भनाइबारे स्पष्ट पार्नुपर्ने माग गर्दै आएका थिए । अर्कातर्फ, त्यसयता असार र साउनमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ कार्यक्रम भएन । भदौ महिनाको पहिलो साता पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर नहुने अवस्था आए प्रतिनिधिसभा नियमावली कार्यान्वयन गराउन नसकेको भन्दै सभामुख अर्यालमाथि नै प्रश्न उठ्ने अवस्था बनेको थियो । त्यसैले पनि महिनाको पहिलो बैठकमै सभामुखले प्रधानमन्त्रीका नाममा ‘रुलिङ’ गरेका हुन् ।

सभामुखले प्रधानमन्त्रीका नाममा ‘रुलिङ’ गरेकामा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले धन्यवाद दिएकी छन् । सभामुखले गरेको ‘रुलिङ’ का लागि उनले प्रतिनिधसभा बैठकमै धन्यवाद दिएकी हुन् । ‘लामो समयदेखि यस संसद्मा एउटै विषयमा प्रतिपक्षले जवाफ खोजिरहनुभएको थियो । त्यो जवाफको सुनिश्चिततासहित जुन रुलिङ भएको छ, त्यसमा धन्यवाद भन्न चाहन्छु,’ अर्यालले भनेकी थिइन् । 

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले प्रधानमन्त्री शाह प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने तयारीमा रहेको जानकारी दिए । ‘प्रधानमन्त्रीले यस पटक सांसदका लिखित प्रश्न मगाउने र तयारी गर्ने काम गरिराख्नुभएको थियो । सभामुखले रुलिङ नै गरिसकेपछि प्रधानमन्त्री सदनमा जानुहुन्छ,’ उनले भने । 

प्रधानमन्त्रीलाई सभामा आएर सांसदका प्रश्नको जवाफ दिनका लागि सभामुखले नै समन्वय गरेको रास्वपा मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बताए । ‘यस विषयमा सभामुखले पहल, समन्वय गर्नुभयो । त्यसैका आधारमा प्रधानमन्त्री १० भदौमा आउने भन्ने तय भएको हो । अहिलेसम्मको अवस्थामा समन्वय र छलफल भइराखेको थियो । सभामुखले रुलिङ गरिसकेपछि प्रधानमन्त्री संसद्मा आएर यो विषय अगाडि बढ्नेछ,’ उनले भने, ‘संसद्मा भइरहेको समस्या समाधान गर्नेतर्फ जुन पहल भयो, यो सकारात्मक छ । प्रधानमन्त्री सदनमा आउने प्रतिबद्धता थियो, त्यसको तालिका के–कसरी गर्ने, कस्ता विषय कसरी सम्बोधन गर्ने भन्ने थियो, अहिले त्यो विषय टुंगो लाग्यो ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर