• २०८३ भदौ ३ बुधबार
  • Wednesday, 19 August, 2026

रास्वपा दलकाे बैठकमा गएनन् दल नेता बालेन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाेलाएकाे संसदीय दलकाे बैठक दल कार्यालय सिंहदरवारमा सुरु भएकाे छ ।  

तर दलकाे बैठकमा दलकै नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेन भने अनुपस्थित छन् । 

महामन्त्री विपिन आचार्यका अनुसार बैठकमा पछिल्ला दिनहरूमा आएका समसामयिक विषयमा छलफल हुनेछ । 

सरकारका काम र सांसदले सदनमा उठाएका विषयमा तालमेल नमिलेकाले सभापति लामिछानेले छलफल गरेका छन्। दलको बैठकमा पछिल्ला दिनमा देखिएका समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको छ।

पार्टीको नीति र अनुशासन विपरीत सांसद बोल्न थालेपछि सभापति लामिछानेले विशेष निर्देशन दिने बताइएको छ।

सदनमा विधि र प्रक्रियाको पालना नगरेको भन्दै रास्वपा सांसदको आलोचना हुँदै आएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर