• २०८३ भदौ ९ मंगलबार
  • Tuesday, 25 August, 2026

गरिमाका बाबा–आमासँग गृहमन्त्रालयमै भएको घटनाबारे रास्वपा महामन्त्रीले उठाए प्रश्न

काठमाडौं । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमा-बुबासँग सरकारले गृहमन्त्रालयमा गरेकाे घटनाका विषयमा प्रश्न उठाएका छन् । 

उनले पीडितका अविभावकलाई धन्यवाद भिडियो गृह मन्त्रालयमा खिच्न लगाएकाेमा प्रतिनिधिसभामा उनले आपत्ति जनाए ।

उनले मृतकका बुबाआमाको भिडियो र आरोपितले मेडिकल गर्दै गर्दा बोलेका कुरा सार्वजनिक गरिनु बन्द गरिनुपर्ने भने । उनले ‘हामीले कस्तो समाज बनाइरहेका छौं ?’ भन्दै गरिमा हत्याकाण्डका प्रसंगमा संवेदनशीलता अपनाउन आग्रह गरे ।

गरिमाकी आमा मानमतिले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन् ।  प्रहरीले खोज्छौं भन्ने जवाफ दिएका थिए । त्यसको पर्सिपल्ट बालिकाको शव फेला पर्‍यो ।

तीन वर्षीया बालिका घरबाटै हराएकी थिइन् । उनको शव तीन दिनपछि भेटिएपछि यो विषयमा संघीय सरकारले नै चासो देखायो ।

आचार्यले आरोपितको भिडियो सार्वजनिक गरेमा पनि आपत्ति जनाएका छन् । गरिमाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपित व्यक्तिको घटनाबारे बताएको भिडियो सार्वजनिक भएको छ । यसबारे महामन्त्री आचार्यले भनेका छन्, ‘एउटा अक्युज्ड (आरोपित)ले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’

सार्वजनिक भिडियोमा आरोपीसँग सोधपुछ गरिएको दृश्य छ । हातमा हतकडी लगाइएका आरोपीसँग अस्पतालमा गरिएको सोधपुछको उक्त भिडिओ सार्वजनिक भएको हो ।

यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले बताएका छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर