• २०८३ असोज ३ शनिबार
  • Saturday, 19 September, 2026

एसिसी प्रिमियर लिगमा नेपालकाे लगातार तेस्राे जित

काठमाडाैं । एसिसी प्रिमियर लिगअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा पनि जित निकालेकाे छ । जारी प्रतियाेगितामा याे नेपालकेा लगातार तेस्राेत जित हाे । 

१९१ रनकाे लक्ष पछ्याएकाे नेपालले ५ विकेट गुमाएर ४१ ओभरमा लक्ष भेट्टाएकाे हाे ।

त्यसअघि टस हारेकाे नेपालले साउदी अरेबियालाई १९० रनमा अलआउट गरेको थियाे।

नेपालका कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको साउदी चार बल खेल्न बाँकी छदा अलआउट भयो। 

साउदीका लागि ओपनर अब्दुल वाहीदले ७७ रन बनाए। ललित राजवंशीको एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे।

मोहमद अटिफले ३० रन र हिसाम शेखले २८ रन बनाए। 

नेपालका लागि सन्दीपले ३ विकेट लिँदा १० ओभरमा २ मेडन राखे भने १९ रन मात्र दिए। दीपेन्द्रले ३ विकेट लिने क्रममा ९.२ ओभरमा ४३ रन खर्चिएका थिए। 

ललित राजवंशीले पनि बलिलो बलिङ  गर्ने क्रममा २ विकेट लिए भने २ मेडनमा २६  रन खर्चिए। शेर मल्ल र गुल्सन झाको नाममा १-१ विकेट रह्यो। 

यसअघि नेपालले समूहमा बहराइन र मलेसियालाई हराएको थियो। नेपालले अन्तिम खेलमा हङकङसँग मंगलबार खेल्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर