नेकपाको सुचना तथा संचार प्रविधि विभागको प्रमुख दुलाल र उपप्रमुखमा बस्नेत
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको सुचना तथा संचार प्रविधि विभागको प्रमुखको जिम्मेवारी युवराज दुलाल र उपप्रमुखको जिम्मेवारी सुरेन्द्र बस्नेतले प्राप्त गरेका छन्।
नेकपाका केन्द्रीय सदस्य रहेका दुलाल हाल प्रतिनिधि सभामा दलको प्रमुख सचेतक छन्। । यसअघि दुई पटक सिन्धुपाल्चोक जिल्लावाट प्रदेश साँसद निर्वाचित भएका दुलालले भौतिक पुर्वाधार मन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेका थिए।
उपप्रमुख बस्नेत राष्ट्रिय युवा परिषदका निवर्तमान कार्यकारी उपाध्यक्ष हुन्। नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले त्रिभुवन विश्वविद्यालयवाट राजनीति शास्त्रमा एम.फिल. र पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर गरेका छन्। अखिल (क्रान्तिकारी) को पुर्व प्रवक्ता हुँदै उपाध्यक्षको भुमिका निर्वाह गरेका बस्नेत अधिवक्ता समेत हुन्।
नेकपामा नयाँ विभागको रुपमा गठन भएको सुचना तथा संचार प्रविधि विभागले वदलिंदो परिवेश अनुसार पार्टीलाई सुचना प्रविधिमैत्री वनाउन पहल गर्ने प्रमुख दुलालले वताए। हालै बसेको विभागको वैठकले 'सुचना प्रविधिमैत्री पार्टी , समाजवाद निर्माणको सारथी ' भन्ने नारा समेत तय गरेको दुलालले जनाए। दुलालले सुचना प्रविधि क्षेत्रका बिज्ञ सहित विभागलाई चाँडै पुर्णता दिइने वताए।
उपप्रमुख बस्नेतले चाँडै पार्टीको सुचना तथा संचार प्रविधि नीति वनाउने , समग्र पार्टीलाई डिजिटलाइजेसन गर्दै लाने र पार्टीका नीतिलाई सुचना प्रविधिको माध्यमबाट जनता माझ स्थापित गर्न विभागले भुमिका खेल्ने बताए।







प्रतिकृया दिनुहोस