त्रिपुरेश्वरमा बससँगै जलेका चालक मकवानपुरका दोङ, थिएन चालक अनुमति पत्र

काठमाडाैं । त्रिपुरेश्वरमा सोमबार बसमा आगो लगाउँदा मृत्यु भएका बसका चालक मकवानपुरका युवक भएको खुलेको छ। 

काठमाडौँको त्रिपुरेश्वरमा सोमबार आफैँले बसमा आगो लगाउँदा मृत्यु भएका बस चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका अर्जनु दोङ भएको पुष्टी भएको हो। 

इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोनका अनुसार बसमा आगो लगाउँदा ज्यान गुमाउने युवक सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ हुन्। इन्द्रसरोवर गाउँपालिका स्थायी घर भएका अर्जुनले काठमाडौँमै बस चलाएर परिवार पाल्दै आएका थिए। 

उपाध्यक्ष ब्लोनले बताएअनुसार अर्जुनले आगो लगाएको बस भने उनको होइन।

सोही वडाका वडाध्यक्ष प्रताप भ्लोनकाअनुसार उनले अरुको लाइसेन्स प्रयोग गरेर सवारी चलाउँदै आएको अर्जुनको परिवारले बताए छन्। 

वडाबाट नागरिकताको लागि सिफारिस लिएको प्रमाण नभेटिएपछि जन्मदर्ता लिएर खोजीका लागि आफूसहित अर्जुनका दाजु जनक र अन्य परिवार सदस्यहरू काठमाडौँ हिँडेको उनले बताए। उनका अनुसार अर्जुनको श्रीमती र ५ वर्षका एक छोरा छन्। 

सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।

ट्राफिक प्रहरीसँग सामान्य विवाद हुँदा चालक आफैँले बसमा आगो लगाएका प्रहरीको भनाई छ। उक्त आगजनीमा परेर गम्भीर घाइते भएका चालकलाई उपचारको लागि कीर्तिपुर अस्पताल (बर्न अस्पताल) लगिएको थियो। उनको सोमबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

सुरुमा प्रहरीले ती चालक काभ्रे घर भएका दाबा लामा भएकाे जानकारी गराए पनि पछि त्यो नाम र ठेगाना भएका चालक मृतक नभएको प्रहरीले जनाएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर