• २०८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026

करातेमा चम्कियो नेपाल, स्वर्णसहित ६ पदक

काठमाडौं । जापानमा जारी ११औँ विश्व सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले छ पदक जितेको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार प्रतियोगितामा नेपाली खेलाडीले दुई स्वर्ण, एक रजत र तीन कास्य पदक जितेका हुन्।

प्रतियोगितामा एरिका गुरुङ र राकेश मानन्धरले नेपालका लागि स्वर्ण पदक जित्दा निरुपा डोङ तामाङले रजत पदक प्राप्त गरेको राखेपले जनाएको छ।

एरिकाले ६८ केजीमाथिको तौल समूहमा तथा राकेशले ६० केजीमुनिको स्पर्धामा स्वर्ण जितेका हुन्। निरुपाले ६८ केजीमुनि र मीनबहादुर तामाङले ६७ केजीमुनिको स्पर्धामा क्रमशः रजत र कास्य पदक जिते।

नेपालले कुमितेतर्फ टिम स्पर्धामा पनि कास्य पदक हात पारेको छ। 

यस्तै मेघा लिम्बू, सानुमाया थिङ र एलिशा रास्कोटी सम्मिलित काता टोलीले कास्य पदक जितेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर