• २०८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026

हट्न थाल्यो मनसुनको प्रभावः कहाँ पर्छ पानी?

काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज विहानैदेखि मौसम सफा छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले  देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।

आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर