नेकपा कार्यसंयोजन समितिमा झलनाथकाे अभियानबारे छलफल हुने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकमा पार्टीको महाधिवेशन र दुई महिना सञ्चालन गर्ने जनअभियानका विषयमा छलफल हुने उनले बताए । साथै केही दिन अघि मात्रै वरिष्ठ नेता झलनाथ खनालले सुरु गरेकाे समाजवादी अभियानलगायत विषयमा समिक्षा हुने बताएका छन्।
महाधिवेशन तथा दुई महिने संगठन सुदृढीकरण अभियानका बारेमा छलफल गर्ने तय भएको प्रवक्ता ज्वालाले बताए ।
असोज १५ गतेदेखि नेकपाले सुरु गर्ने भनिएको जनअभियान कात्तिकदेखि मंसिरसम्म सञ्चालन गर्ने तयारी गरेको छ ।






प्रतिकृया दिनुहोस