• २०८३ असोज २४ शनिबार
  • Saturday, 10 October, 2026

एआईजी वंशीराज दाहाल बर्खास्त, छानविन प्रतिवेदनमा के छ?

काठमाडौँ । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त भएका छन् । छानबिन प्रतिवेदन आएपछि उनलाई बर्खास्त गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । 

छानबिनको नेतृत्वकर्ता अर्का एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार मन्त्रालयमा प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा एआईजी दाहालले आचरण विपरीतको कार्य गरेको निष्कर्षसहित सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ । नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । त्यसको (क) मा सामान्यस सजाय राखिएको छ भने (ख) मा विशेष सजायको प्रावधान छ ।

विशेष सजायमा भविष्यमा सहकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भनिएको छ । 

११ असोज बिहान अनुमति नलिई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको आरोप दाहालमाथि लागेको थियो । जबरालाई सुरक्षा चुनौती भएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले मध्यराति घरबाट प्रहरीकहाँ ल्याएको थियो । त्यसपछि जबराका ‘नातेदार’समेत रहेका दाहाल उनलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । सोही विषयमा उनलाई निलम्बन गरेर छानबिन थालिएको थियो । 

दाहालबारे अनुसन्धान प्रतिवेदनमा के छ ? 
प्रतिवेदनमा एआईजी दाहालले आचरण विपरीतको कार्य गरेको निष्कर्षसहित सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ । नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । त्यसको (क) मा सामान्यस सजाय राखिएको छ भने (ख) मा विशेष सजायको प्रावधान छ । विशेष सजायमा भविष्यमा सहकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भनिएको छ । 

‘यो दफालाई उल्लेख गरेर प्रतिवेदन मन्त्रालयमा पुगेको छ, के कारबाही हुन्छ भन्ने मन्त्रालयबाटै निर्णय हुने कुरा हो,’ सशस्त्र प्रहरी उच्च स्रोतले भन्यो, ‘प्रतिवेदनमा उहाँसँग सम्बन्धित समग्री विषयवस्तु राखिएका छन् ।’ 

त्यसक्रममा निलम्बित एआईजी दाहालको बयानसमेत समावेश गरिएको छ । उनलाई विचौलिया इनम सापकोटासँग नियमित रुपको सम्पर्कबारे सोधिएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको सम्बन्धबारे समेत सोधिएको छ । जवाफमा दाहालले सापकोटासँग पूर्वचिनजान भएको र कुराकानी हुने गरेको स्वीकार गरे पनि आचरण विपरीतको कुनै कार्य नगरेको जिकिर गरेका छन् । 

दाहाल र सापकोटाबीच ह्वाट्स एपमा पटकपटक लामो कुराकानी भएको देखिएको अधिकृतहरुको भनाइ छ । विशेष ब्यूरोले नियन्त्रणमा लिएका सापकोटामाथि अहिले सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान थालिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर