कुन राजमार्गकाे अवस्था कस्ताे छ?
काठमाडाैं। बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्। पछिल्लो अद्यावधिक विवरण अनुसार रसुवा बाढीका कारण मुख्य राजमार्गका सबै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
यता धादिङकाे (धुनिबेशी ९, खत्रीपौवामा गएकाे पहिरोका कारण त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा छ। प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए ।
धादिङकाे गजुरी -५, गलौंदीमा पनि पहिरोका कारण पृथ्वीलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा साना सवारीसाधनका लागि आलोपालो समयतालिका लागू गरिएको छैन । जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ ।
काभ्रेमा पनि बाढीका कारण बिपि राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
गण्डकी प्रदेश अन्तर्गत म्याग्दीकाे रघुगंगा २, बैसरीमा गएकाे पहिरोका कारण बेनि-जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
नवलपरासी पूर्वकाे बौदिकाली ३, जन्ती पहिरोमा पहिरोका कारण कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ, जहाँ ठुला गाडीहरू जान नसक्ने अवस्था रहेको छ।
बेशीसहर हुँदै खाङसारसम्म जाने सडक बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ।
पहिरोका कारण कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ। भेरी करिडोर सडक खण्ड एकतर्फी सुचारु रहेको छ भने सल्यानकाे बनगाड कुपिण्डे -११, बालुवासंग्रहीमा पहिरोका कारण बालुवासंग्रही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।







प्रतिकृया दिनुहोस