• २०८३ असोज २६ सोमबार
  • Monday, 12 October, 2026

कांग्रेसकाे ताजा मत परिणामः कसले कति ल्याए?

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न मतको मतगणना जारी छ। यसैक्रममा उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्रकान्त भण्डारी र प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।

महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ले महालक्ष्मी उपाध्याय (डिना) लाई १८५ मतले पछि पारेकी छन्।

हालसम्म ४ हजार १०० मत गणना हुँदा उपसभापतिको खुलातर्फ भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका मधु आचार्यले १ हजार २७८ र गोविन्द भट्टराईले १ हजार ९१ मत पाएका छन्। सुरेन्द्रराज पाण्डेले १ हजार ६५, धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन्।

उपसभापतिको समावेशीतर्फ विनोदकुमार चौधरीले १ हजार २६ मतसहित अग्रता लिएका छन्। यस्तै जीवन परियारले ९७९, सीता गुरुङले ६७६, फरमुल्लाह मन्सुरले ५६५ र रञ्जित कर्णले ३११ मत पाएका छन्।

महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल २ हजार ३९१ मतसहित अगाडि छन्। उदयशमशेर राणाले १ हजार ३३३ र सुनिलकुमार शर्माले १ हजार १७५ मत प्राप्त गरेका छन्।

यस्तै अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र सन्तोष उपाध्यायले ५७ मत पाएका छन्।

महामन्त्रीमा महिलातर्फ डा. डिला संग्रौला (पन्त)ले १ हजार ८१६ र महालक्ष्मी उपाध्याय (डिना)ले १ हजार ६३१ मत प्राप्त गरेका छन्। रिता खनालले ४२० मत पाएकी छन्।

यसैबीच आइतबार बेलुकीबाट सहमहामन्त्री पदको पनि मतगणता सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ।

४१०० मत गणनाअनुसार मत परिणाम ।
( उपसभापति खुल्ला तर्फ=
डा. चन्द्रकान्त भण्डारी २०४५
ई. मधु आचार्य १२७८
गोविन्द भट्टराई १०९१
सुरेन्द्रराज पाण्डे १०६५
दीपक गिरी ५७९
धनराज गुरुङ ९०८
प्रा.डा. चन्द्र मोहन यादव ३३५
( समावेशी १ पद=
बिनोद कुमार चौधरी १०२६
जीवन परियार ९७९
फरमुल्लाह मंसुर ५६५
सीता गुरुङ ६७६
रंजीत कर्ण ३११
( महामन्त्री खुला तर्फ=
प्रदिप पौडेल २३९१
अमरसिंह पुन मगर ८८७
उदय शम्शेर राणा १३३३
डा. सुनिलकुमार शर्मा ११७५
गुरुराज घिमिरे ८२३
नैन सिंह महर ५३९
डा. सन्तोष उपाध्याय ५७
शंकर तिवारी ७१
(महिला १ पद=
डा. डिला संग्रौला (पन्त) १८१६
महालक्ष्मी उपाध्याय (डिना) १६३१
रीता खनाल ४२०

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर