• २०८३ असोज २८ बुधबार
  • Wednesday, 14 October, 2026

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणना सकिएसँगै खतिवडा र सिवाकोटी निर्वाचित भएका हुन्। यद्यपि, निर्वाचन समितिले परिणाम औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।

यसअघि सहमहामन्त्री पदमा जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट निर्वाचित भइसकेका छन्।

कांग्रेसको विधानअनुसार १५औँ महाधिवेशनबाट विभिन्न समावेशी समूहसहित ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर