कांग्रेस युवा उम्मेदवार सचित तिमल्सिनाले पाए पपुलर मत
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको केन्द्रीय सदस्यहरूको पनि मतगणना जारी छ।
मंगलबार बिहानसम्म केन्द्रीय सदस्यको ३५ वर्षमुनिका युवातर्फमा २ हजार मत गणना भएको छ।
सात पदका लागि भइरहेको प्रतिस्पर्धामा पहिलो स्थानमा सचिन तिमल्सेना छन्। २ हजार १० मत गणना हुँदा उनले ९२९ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा सुशिल भट्टले ८८२ मत प्राप्त गरेका छन्।
तेस्रोमा ई. अधिषेक आत्रेयले ७९२, चौथोमा आदर्श मल्लले ७८५ र पाँचौंमा डा. आयुष बगालेले ७१८ मत प्राप्त गरेका छन्।
त्यस्तै छैटौं स्थानमा ई. रोशन बस्नेतले ६६० मत प्राप्त गरेका छन्। सातौंमा सौगात थापाले ५५२ मत प्राप्त गर्दा उनलाई ई. शैलेश मिश्रले ५२१ मत सहित पछ्याइरहेका छन्।



2026-10-13-01-12-08.jpeg)



प्रतिकृया दिनुहोस