• २०८३ असोज २९ बिहीबार
  • Thursday, 15 October, 2026

बहादुरसिंह लामा: मुख्यमन्त्री थिए सहमहामन्त्री भए

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट उनले प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मत प्राप्त गर्दै जित निकालेका हुन्। उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पनि हुन् ।

लामाले ३ हजार २४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाए। त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरे।

आदिवासी जनजाति क्लस्टरअन्तर्गत महिलातर्फ आठ र पुरुषतर्फ १२ जना निर्वाचित भएका छन्। महिलातर्फ गीता गुरुङ २ हजार ८५९ मतसहित पहिलो स्थानमा निर्वाचित भइन् ।

डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गर्दै निर्वाचित भए।

पुरुषतर्फ तीर्थ लामा ४ हजार ४२५ मतसहित पहिलो स्थानमा निर्वाचित भए।

ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरे।

निर्वाचन समितिका अनुसार आदिवासी जनजाति क्लस्टरको महिला र पुरुषतर्फ गरी २० जना निर्वाचित भएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर