• २०८३ असोज २९ बिहीबार
  • Thursday, 15 October, 2026

जापानका लागि प्रस्तावित राजदूत थापाकाे नाम पास पनि भएन फेल पनि भएन

काठमाडौँ । सरकारले सिफारिस गरेका विभन्न १३ देशमध्य २ देशका राजदूत अस्वीकृत हुँदा जापानका प्रस्तावित राजदूत जिग्यानकुमार थापाकाे नाम अनिर्णित भएकाे छ।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले समितिमा जापानका लागि प्रस्तावित राजदूत थापाको नाम निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यसपछि सभापति श्रेष्ठले सांसदहरूलाई निर्णयार्थको प्रक्रियामा धारणा माग गरेका थिए । जसमा नेकपा सांसद वर्षमान पुनले पीआर लगायतका कारणले अस्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।

रास्वपाका मुख्य सचेतकसमेत रहेका कबिन्द्र बुर्लाकोटीले भने थापाको विषयमा पछि निर्णय गर्नुपर्ने अडान राखेका थिए । रास्वापका केही सांसदहरूले भने थापाको नाममा तत्काल निर्णय लिनुपर्ने धारणा राखेका थिए ।

बुर्लाकोटीले अडान कायमै राखेपछि नाम निर्णयार्थ प्रस्तुत गरेका सभापति श्रेष्ठले बैठक दसैं पछिसम्मका लागि स्थगित गरेका छन् । 

थापाले जापानको पीआर लिएको र हालैमात्र त्यागेको, उनकी श्रीमती र छोराहरू अहिले पनि जापानको पीआरधारी रहेको, जापानमा थापाको घर रहेको, उनले जापानका सरकारी निकायबाट तलब खाने गरेको र स्थानीय तहमा सल्लाहकारसमेत रहेको भन्ने विषय सुनुवाइका क्रममा उठेका थिए ।

संसदीय सुनुवाइ समितिले १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ भने २ देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर