टाइगर श्राफमाथि गाेली हान्ने ३ जना पक्राउ

एजेन्सी । बलिउड अभिनेता टाइगर श्राफलाई मार्ने उद्देश्यले गोली चलाएको आरोपमा भारतको राजस्थानस्थित कोटाबाट प्रहरीले सोमबार ३ जनालाई पक्रेको छ। 

आइतबार अभिनेता टाइगर सवार कारमा ३ जनाले गोली प्रहार गरेका थिए। कार चालक घाइते भए पनि टाइगर बच्न सफल भए। यद्यपि बारुद र कारको सिसा फुटेर लाग्दा उनको दायाँ हातमा चोट लागेको छ। 

अभिनेता टाइगर श्राफलाई घटनालगत्तै आइतबार राति महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले भेटर अवस्था जानकारी लिएका थिए।
अभिनेता टाइगर श्राफलाई घटनालगत्तै आइतबार राति महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले भेटर अवस्था जानकारी लिएका थिए।
सोही घटनामा संलग्न आरोपमा कोटा सिटी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेका बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको कोटाका प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ। 

एसपी गौतमले भनिन्, ‘यी तीन जना यहाँ (कोटा) बाट दिल्ली र त्यसपछि दिल्लीबाट नेपाल भाग्ने योजनामा ​​थिए। हामी तीनै जनालाई सोधपुछ गरिरहेका छौँ।’

उनका अनुसार कोटा सिटी प्रहरीले सोमबार बिहान करिब ११:३० बजे रेलवे स्टेसनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

आइतबार साँझ मुम्बईको जुहुमा कारमा रहेका अभिनेता टाइगर श्राफलाई मोटरसाइकलमा रहेका ३ जनाले अन्धाधुन्द पाँच गोली हानेका थिए। 

भारतीय सञ्चारमाध्यमका अनुसार टाइगर सुरक्षित रहे पनि कारका चालक र नजिकै रहेका अटो-रिक्सा चालक घाइते भएका छन्।

घटनालगत्तै लरेन्स ग्याङका अनिल पण्डित र हरमन सन्धुले गोली आफूहरूको समूहले हानेको बताएका छन्।

अनिल पण्डितले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले उसलाई सम्झाएका थियौँ तर उसले बुझ्न चाहेन।आज हामीले उसलाई राम्रोसँग बुझायौँ। मुम्बई फिल्म उद्योगमा जसले हाम्रो कुरा सुन्दैन वा सलमानसँग काम गर्छ, अर्को नम्बर उसको हुनेछ।’  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर