क्रिस्टियानो रोनाल्डालाई एक महिना निलम्बन सजाय
काठमाडौँ । पोर्चुगाली फुटबल संघले सोमबार क्रिस्टियानो रोनाल्डालाई एक महिनाको निलम्बन सजाय सुनाएको छ । पोर्चुगाली राष्ट्रिय टिम छाडेको आरोपमा यो सजाय सुनाइएको हो । यूईएफए नेसन्स कप चलिरहेको बेला रोनाल्डोले सेप्टेम्बर ३० टिममा टिम छाडेका थिए ।
उनले प्रशिक्षक जोर्गे जेससमाथि आफूलाई खेलाउन वचन कायम नराखेको आरोप लगाएका थिए । पछि उनले माफि पनि मागे र जुनसुकै सजाय दिए पनि स्विकार्य हुने बताएका थिए । उनलाई २ सय ८६ डलर जरीवाना पनि तोकिएको छ ।
सेप्टेम्बर २७ मा नर्वेविरुद्धको खेलमा रोनाल्डोलाई वार्म अप गराएयता प्रशिक्षक जेससले मैदानमा छिराएका थिएनन् । उनीविरुद्धको निलम्बन डेनमार्कविरुद्ध अक्टोबर १ को खेल दिनबाट लागू हुनेछ । त्यसको अर्थ अक्टोबरको अन्त्यमा निलम्बन फुकुवा हुनेछ ।







प्रतिकृया दिनुहोस