• २०८३ कार्तिक ११ मंगलबार
  • Tuesday, 27 October, 2026

‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक मध्यरातमा पक्राउ

काठमाडाैं। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। 

गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

संयोजक खाँले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएका थिए। 

प्रहरीले मध्यराति घरमा सुतिरहेको अवस्थामा अभियानका संयोजक खाँ र वाजिउद्दिन मुसलमानलाई पक्राउ गरेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए।

कोषमा आनीको नियुक्ति भएदेखि नै महाअभियानले विरोध गर्दै चरणवद्ध आन्दोलन गरिरहेको छ।

महाअभियानले संयोजकमाथि गरिएको धरपकडको विरोध गर्दै निःशर्त रिहाइको माग गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर