• २०८३ कार्तिक १२ बुधबार
  • Wednesday, 28 October, 2026

सन्दीपले सुनाए चितवनसँग हारको कारण

काठमाडौं । जितको मुखैमा पुगेको खेलमा पराजय भोगेपछि विराटनगर किङ्सका सन्दीप लामिछानेले हारको कारण बताएका छन् । 

कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए। 

चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन्। १६औं ओभरपछि खराब सट खेल्नु र लामो समयसम्म क्रिजमा रहेका ब्याटरलाई ननस्ट्राइकमा नै राख्नु नै हारको कारणमध्ये रहेको सन्दीपले उल्लेख गरे।

पाएको अवसरलाई सदुपयोग गर्न नसक्नु र हतारिँदा हार हुन सक्छ भन्ने यो नतिजाबाट शिक्षा लिएको उनी बताउँछन्। छिटै विजयी उत्सव मनाउनु नै गल्ती भएको सन्दीपले उल्लेख गरे।

कप्तान सन्दीपले जितको संघारमा पुग्न पहिलो इनिङदेखि नै धेरै खेलाडीले मिहेनत गरेको बताए। तथापि अन्तिम पाँच ब्याटरले त्यसलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ। आगामी खेलमा यस्तै गल्ती नदोहोर्‍याउने सन्दीपको विश्वास छ। 

अनुभवी ब्याटरले धैर्य नगुमाएको सन्दीपले दाबी गर्दै नयाँ ब्याटरका लागि पिचमा खेल्न सहज नरहेको सन्दीपले उल्लेख गरेका छन्। तथापि, सट सेलेक्सन भने खराब रहेको उनले स्विकार गरे। चितवन राइनोज पनि बलियो टोली रहेको उल्लेख गर्दै टी ट्वान्टीमा कुनैपनि टोली कमजोर नहुने सन्दीपले उल्लेख गरेका छन्।

चितवनका बलरले राम्रा गरेको सँगै आफ्नो मध्यक्रम र तल्लो क्रमले नराम्रो खेलेको सन्दीपको भनाइ छ। कप्तान सन्दीपले अहिले नै कुनै खेलाडीको प्रदर्शनबारे मूल्याङ्कन गर्नु हतार हुने बताएका छन्। आन्द्रे रसेलले राम्रो खेलेको तर म्याच फिनिस गर्न नसक्दा निरास रहेको सन्दीपले उल्लेख गरेका छन्।

विराटनगरविरुद्ध चार विकेट लिएका चितवनका मध्य क्रमका बलर कमलसिंह ऐरीले विकेटले आफ्नो लागि मद्दत गरेको र त्यहीअनुरूप स्टम्प टु स्टम्प बलिङ गरेको बताए। त्यहीअनुरूप ब्याटरले लाइन क्रस गरेर खेल्दा विकेट आएको कमलसिंहले उल्लेख गरे।

रसेलविरुद्ध बलिङ लाइन मिस गर्‍यो भने ठूलो सट हान्छ भन्ने लागेको उल्लेख गर्दै कमलले एउटा बल राम्रो गरेमा विकेट आउने विश्वास पनि रहेको कमलले विश्वास व्यक्त गरे। त्यही मानसिकतासहित बलिङ गर्दा छक्का खाए पनि रसेलसँगै एन्जेलो म्याथ्युजलाई आउट गर्न सफल भएको कमलसिंह ऐरीले बताए। हरेक एक खेलमा ध्यान दिएर खेल्ने उनले योजना सुनाए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर