५ दिनकाे माैसम पूर्वानुमानः जोखिम छ, सतर्क रहनु
काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि साधारणतया बादल लाग्ने जनाएको छ।
हाल देशमा पश्चिमी वायूको प्रभाव छ। भोलि (बिहीबार)देखि भने नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’कोसमेत प्रभाव सुरु हुने महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार आज कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने छ। देशको हिमाली भूभागको एकदुई स्थानमा आज हल्कासम्म वर्षा र हिमपातको सम्भावना छ।
भोलि कोसी, मधेस, बागमती प्रदेशका थोरै स्थान, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
.jpg)



2026-10-28-12-03-14.jpeg)


प्रतिकृया दिनुहोस