जागरण अभियान तिब्रता बनाउने नेकपा उपत्यका प्रदेशको निर्णय
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको उपत्यका प्रदेशले पार्टीद्वारा सञ्चालित दुई महिने राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिने निर्णय गरेको छ। शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा वसेको प्रदेश कार्यसंयोजन समितिको वैठकले सो निर्णय गरेको हो।
नेकपाका उपत्यका प्रदेश इन्चार्ज हितमान शाक्यले पार्टीद्वारा कार्तिक ७ गते उद्घाटन गरिएको राष्ट्रिय जागरण अभियानलाई आफ्नो कार्यक्षेत्रमा घनिभुत रुपमा अघि वढाउने वताए। शाक्यले अभियान मार्फत् पार्टीमा पुन:जागरण ल्याउने दावी गरे।
उपत्यका प्रदेशका संयोजक विष्णु लामिछानेले पार्टी एकता र समायोजनलाई अविलम्ब सम्पन्न गरी दुई महिने अभियानलाई सफल पार्ने वताए। उपत्यका प्रदेश अन्तर्गत रहेका सवै महाशाखा , शाखा र उपशाखाका भेला, वैठक र सदस्यता वितरण अभियानलाई तिब्र पार्ने निर्णय भएको बैठममा सहभागी पार्टी केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जनाए।






2026-10-28-12-42-27.jpeg)
प्रतिकृया दिनुहोस